राजविराज, १६ जेठ । सप्तरीको कन्चनरुप नगरपालिका¬–७ स्थित ठेलियामा आज एक महिला आफ्नै घरमा मृत फेला परेकी छिन् ।
मृत्यु हुनेमा स्थानीय कान्छु दसाकी २२ वर्षीया श्रीमती देवकी रहेको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।
उनको के कारणले मृत्यु भएको खुल्न नसकेको र मृतकको शव परीक्षणका लगि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाइएको प्रहरी निरीक्षक गौरव महतोले बताउनुभयो ।
माइक्रोबस पल्टिँदा नौ घाइते
पूर्वपश्चिम राजमार्गको छुट्टाछुट्टै ठाउँमा आज दुई वटा माइक्रोबस पल्टिँदा नौ जना यात्रु घाइते भएका छन् ।
काठमाडौँबाट विराटनगरर्फ जाँदै गरेको बा३ख ८६२६ नं को माइक्रोबस सप्तरीको शम्भुनाथ–८ मा पल्टिँदा चार जना यात्रु गम्भीर घाइते भएका छन् ।
यस्तै सप्तरीको पोर्ताहमा झापाबाट काठमाडौँतर्फ जाँदै गरेको ना३ख ८५८५ नं को माइक्रोबस पल्टिएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइतेलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । रासस
No comments:
Post a Comment