Sunday, May 29, 2016

डुङ्गा डुब्ने खतरामा परेका १९ शरणार्थीको उद्धार

लन्डन, १६ जेठ । बेलायती सामुद्रिक सेनाले इङ्गलिस च्यानलमा डुब्नै लागेको शरणार्थी सवार डुङ्गाबाट १९ जनाको आइतबार सकुशल उद्धार गरेको बताएको छ ।

उद्धारपछि शरणार्थीलाई सीमा सुरक्षा बललाई हस्तान्तरण गरी उनीहरूबारे छानविन शुरु गरिएको छ ।

फ्रान्सको बाटो हुँदै बेलायत हिँडेका हजारौँ मानिस फ्रान्सका विभिन्न टापु तथा सीमाक्षेत्रमा जम्मा भएका फ्रान्सेली तथा बेलायती परोपकारी संस्थाले बताएका छन् ।

हामीलाई उद्धारका लागि बेलाइएपछि कालायसिस र डोभरको तटमा दुर्घटनाउन्मुख डुङ्गासहितका मानिसलाई खोज्दै अन्य डुङ्गाहरु तत्कालै पठाइएको थियो ।

आपतकालीन खोजीका लागि बेलायत तथा फ्रान्सले हेलिकोप्टरहरु समेत परिचालन गरेका थिए । रासस÷एएफपी

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts