Thursday, May 19, 2016

बेपत्ता नागरिक खोजीलाई तीव्रता दिइनुपर्ने

काठमाडौँ, ६ जेठ । द्वन्द्वकालमा राज्य वा विद्रोही पक्षबाट बेपत्ता पारिएका बेपत्ता नागरिकको जतिसक्दो चाँडो खोजी अगाडि बढाउनुपर्नेमा यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

राज्यद्वारा बेपत्ता परिवार समाजद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा नेकपा माओवादीका नेता सन्तोष बुढा मगर र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपालका अध्यक्ष अशोक रोकायले माओवादी शान्ति प्रक्रियामा आएको लामो समय हुँदा पनि बेपत्ता नागरिक खोजीले अझै गति लिन नसकेको जनाउँदै पीडित परिवारले एकीकृत रूपमा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसकी नेत्री पुष्पा भुसालले बेपत्ता नागरिक छानबिन गर्न बनाइएको कानुन अत्यन्त फितलो भएका कारण बेपत्ताको खोजी गर्न कठित भएको बताउनुभयो ।

राष्ट्रिय मानवाधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले आयोगले बेपत्ता नागरिकको खोजीलाई तीव्रता दिइए पनि कतिपय समस्याका कारण अगाडि बढ्न कठिनाइ भएको बताउनुभयो । बेपत्तासम्बन्धी छानबिन आयोगका सदस्य मानबहादुर खड्काले बेपत्ता नागरिकको सत्यतथ्य पत्ता लगाउनका लागि बेपत्ता परिवारको पूर्ण सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

अधिवक्ता एकराज भण्डारीले द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्षबाट भन्दा पनि राज्यपक्षबाट सबैभन्दा बढी बेपत्ता बनाउने काम भएको बताउँदै राज्यले जतिसक्दो चाँडो बेपत्ता नागरिकलाई सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts