पोखरा, २५ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका लिने बताउनुभएको छ ।
नेपाली काँग्रेसको पोखरा उपमहानगरपालिका–४ इकाईद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपाली जनताको लामो समयको सङ्घर्षको जगमा नेपाली काँग्रेसको नेतृत्वमा देशले नयाँ संविधान प्राप्त गरेको बताउनुभयो ।
संविधानको सफल कार्यान्वयनका लागि पनि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउँदै उहाँले वर्तमान सरकारबाट संविधान कार्यान्वयनको अपेक्षा गर्न नसकिने बताउनुभयो । रासस
––––––
No comments:
Post a Comment