काठमाडौँ, २५ वैशाख । गत वर्ष वैशाख १२ गतेको भूकम्पमा परी दिवङ्गत भएकाको आत्माको शान्तिको कामना गर्दै ललितपुर उपमहानगरपालिका–२५ धापाखेलमा महायज्ञ सुरु भएको छ ।
भूकम्प गएको वार्षिक पुण्य तिथिका अवसरमा आयोजना गरिएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो ।
सो अवसरमा उपराष्ट्रपति पुनले नागदह सन्तानेश्वर बज्रबाराही प्रवेशद्वारको शिलान्याससमेत गर्नुभएको कार्यक्रमका सञ्चार संयोजक दीपकप्रसाद घिमिरेले राससलाई जानकारी दिनुभयो ।
प्रवेशद्वार निर्माण गरी धार्मिक पर्यटन प्रवद्र्धन र एम्बुलेन्स खरिद गर्न सहयोग जुटाउने उद्देश्यले महायज्ञको आयोजना गरिएको बताइएको छ ।
सन्तानेश्वर महादेव पूर्वमा ग्वालिन दह, पश्चिममा नागदह, उत्तरमा गोदावरी कुण्ड र दक्षिणमा प्याङगाउँको प्याङपोखरीमा स्नान गर्न जाने धार्मिक विश्वासका आधारमा यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ ।
महायज्ञमा आचार्य पण्डित सुदर्शन ढुङ्गेलले कथा वाचन गर्नुहुनेछ । रासस
No comments:
Post a Comment