Saturday, May 7, 2016

खहरेले जिप बगाउँदा तीनजनाको मृत्यु

प्यूठान, २५ वैशाख । दाङको तुलसीपुर–१९ बाट गई प्यूठानको स्वर्गद्वारी दर्शन गरेर फर्कँदै गरेका यात्रु चढेको बा १४ च ३८३९ नम्बरको जिप प्यूठानको भिङग्री–१ स्थित खहरे खोलाले आज साँझ बगाउँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङ तुलसीपुर १९ की अजिता खनाल, विमला खनाल र सुखदेव खनाल रहेको प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिनुभयो । मृतक तीनैजना एकैपरिवारका रहेको बताइएको छ ।

उक्त घटनामा अन्य पाँचजना घाइते भएका छन् । घाइतेको उपचारका लागि नेपालगन्ज पठाइएको छ । पानी परिरहेको अवस्थामा खहरे तर्न लाग्दा एक्कासी आएको बाढीले सो गाडी बगाएको उहाँले जानकारी दिनुभयो । रासस
––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts