इलाम, ४ जेठ । पूर्वसभामुख सुवास नेम्वाङले संविधान निर्माणपछि मुलुक आर्थिक क्रान्तितर्फ अघि बढेको बताउनुभएको छ ।
एकतप्पास्थित जनकल्याण माध्यमिक विद्यालयमा विद्यार्थी सहयोग अक्षयकोषद्वारा आज आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा नेकपा (एमाले)का स्थायी समिति सदस्य समेत रहनुभएका नेम्वाङले सविधान निर्माणमा देशले करिब ७० वर्ष खर्चेकाले अबको समय अर्थतन्त्रका लागि ऊर्जाशील समय आएको उल्लेख गर्नुभयो ।
संविधानमा नमिलेका कुराहरूलाई शान्तिपूर्ण ढङ्गले वार्तामार्फत समाधान गर्न सकिने भएकाले आन्दोलनरत मधेसी मोर्चालाई वार्तामा आउन आग्रह गर्नुभयो । रासस
No comments:
Post a Comment