पोखरा, ७ जेठ । तत्कालीन जनयुद्धका क्रममा माओवादी कार्यकर्ताद्वारा हत्या गरिएका कास्की घान्द्रुकका ईश्वर गुरुङको स्मृतिमा उहाँको परिवारले रु १० लाखको अक्षय कोष स्थापना गरेका छन् ।
नेपाली काँग्रेस घान्द्रुक गाउँ इकाइ समितिले सञ्चालन गर्नेगरी स्थापित उक्त अक्षय कोषको ब्याजबाट आउने रकमले घान्द्रुक क्षेत्रका तीन वटा विद्यालबाट प्रत्येक वर्ष एसएलसीमा उत्कृष्ट विद्यार्थीलाई सम्मान एवम् पुरस्कार प्रदान गरिनेछ ।
ईश्वर गुरुङको १२औँ स्मृतिसभाको कार्यक्रममा परिवारका सदस्य क्या पदमबहादुर गुरुङले अक्षय कोषबाट आउने ब्याज रकमबाट घान्द्रुकमा रहेका मेश्रम बराह मावि, धौलाश्री मावि र फुम्रुखु माविमा एसएलसीमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रत्येक वर्ष सम्मानित गरिने जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment