Wednesday, May 11, 2016

लागुऔषध र गोलीसहित तीनजना पक्राउ

विराटनगर, २९ वैशाख । विराटनगरमा आज बेग्लाबेग्लै स्थानबाट लागुऔषध र हतियारको गोलीसहित तीनजना पक्राउमा परेका छन् ।

विराटनगर–१८ बस्ने कासिम मियाँलाई ११ किलो गाँजासहित विराटनगर बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी चढेको को ३ प ७७७८ नं को मोटरसाइकलमा २० लि अटाउने प्लास्टिकको ड्रममा गाँजा लुकाई ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै, विराटनगर–१० स्थित नापी कार्यालयको बाटोमा शङ्कास्पद अवस्थामा देखिएका सोराभाग–६ बस्ने राजेन्द्र किस्कुको झोला जाँच गर्दा उनको झोलाबाट लागुऔषध नाइट्रोसनको ट्याब्लेट र हतियारको गोली बरामद भएको छ । रासस
––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts