राजविराज, १९ वैशाख । उपसभामुख गङ्गाप्रसाद यादवले संसदीय विकास कोषबाट आएको रकम जिल्लामा ठोस विकासमा खर्च हुनुपर्ने बताउनुभएको छ ।
सप्तरीको राजविराजमा आज सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले संसदीय विकासको रकम सानोतिनो योजनामा मात्र खर्च नगरी कुनै ठोस योजनामा छनोट गरेर खर्च गर्नुपर्ने बताउँदै दिगो विकासमा टेवा पु¥याउनुपर्ने बताउनुभयो ।
सप्तरीमा विकासका निम्ति उपसभामुख यादवले चासो राख्नुहँुदै भन्नुभयो– “विकास कोषबाट आएको रकम जिल्लाको ठोस विकासका लागि रुपनी–गाईघाट सडकखण्ड, विमानस्थल, औद्योगिक क्षेत्र, अस्पतालको भौतिक पूर्वाधार निर्माणलगायतका कार्यमा खर्च गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस
No comments:
Post a Comment