नेपालगन्ज, २९ वैशाख । बाँके जिल्लामा अनुमति नलिएर शैक्षिक कक्षा सञ्चालन गर्ने संस्थागत विद्यालयलाई कारबाहीको दायरामा ल्याइएको छ ।
जिल्ला शिक्षा कार्यालयसँग विद्यालयमा कक्षा थपको अनुमति नलिएर सञ्चालनमा आएका १० संस्थागत विद्यालयलाई आवश्यक कारबाहीको दायरामा ल्याइएको सहायक जिल्ला शिक्षा अधिकारी रामसुरेश यादवले बताउनुभयो ।
उहाँको अगुवाइमा जिल्लाका २० विद्यालयमा गरिएको अनुगमनमा निमाविको अनुमति लिएर माविसम्मको कक्षा सञ्चालन गरिरहेको रहस्यसमेत खुलेको छ ।
अनुगमनका क्रममा नेपालगन्ज क्षेत्रमा सञ्चालित इन्स्टिच्युट अफ क्रिष्टलले कक्षा ३ को अनुमति लिएर कक्षा ८ सम्म, काबेरी विद्या निकेतनले कक्षा ६ को अनुमति लिएर कक्षा ८ सम्म र न्यू ग्यालेक्सीले कक्षा ४ को अनुमति लिएकामा कक्षा सातसम्म सञ्चालन गरिरहेको पाइएको थियो ।
त्यसैगरी, न्यू भिजन इङ्गलिस स्कुलले कक्षा १ को अनुमति पाएकामा कक्षा ५ सम्म, प्mलोरिडा एकेडेमीले कक्षा ५ सम्मको अनुमति लिएकामा ८ कक्षासम्म सञ्चालन गरिरहेको भेटिएको थियो ।
“हामी अनुगमनलाई अझ निरन्तरता दिन्छाँै, अहिले कारबाहीको दायरामा आएका विद्यालयलाई पहिलो चरणको कारबाहीमा चेतावनी मात्र दिएका छाँै, पुनः त्यसो गरिएको भेटिएमा कडा कारबाही गरिनेछ”– सहायक प्रजिअ तथा अनुगमन समितिका संयोजक यादवको भनाइ छ । रासस
No comments:
Post a Comment