Thursday, May 26, 2016

सवारी दुर्घटनामा १५ जना घाइते

अछाम, १३ जेठ । अछामको जनालीकोट गाविसमा बस र जिप एकआपसमा ठोक्किँदा १५ जना घाइते भएका छन् ।

कैलालीको टीकापुरबाट मङ्गलसैन आउँदै गरेको ना ४ ख ८१३९ नंको बस से १ ज ६८९ नंको जिपसँग ठोक्किँदा १५ जना घाइते भएका हुन् ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरुको यकिन विवरण आउन सकेको छैन । दुवै सवारी चालकहरुलाई प्रहरी नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय अछामका निमित्त प्रहरी प्रमुख प्रदीपप्रसाद ढकालले जानकारी दिनुभएको । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts