Saturday, May 21, 2016

हिसान मेला जारी

काठमाडौँ, ८ जेठ । कान्तिपुर हिसान शैक्षिक मेलाको तेस्रो दिन आज ७५ हजार विद्यार्थी र अभिभावकले अवलोकन गरेका छन् । बिहीबार र शुक्रबारको भन्दा दोब्बर विद्यार्थी मेलामा सहभागी भएका छन् ।

कान्तिपुर पब्लिकेसन्स र उच्च माध्यमिक विद्यालय सङ्घ (हिसान)ले आयोजना गरेको मेला भोलि आइतबार सकिँदैछ ।

उच्च माध्यमिक विद्यालय सङ्घ हिसानका महासचिव लोकबहादुर भण्डारीका अनुसार बिहीबार २० हजार र शुक्रबार ५० हजारले विद्यार्थीले अवलोकन गरेका थिए ।

मुलुकका उत्कृष्ट कलेजको स्टल मेलामा भएपछि ब्रिजकोर्ष गरिरहेका छोराछोरी लिएर अभिभावक आउने गरेका छन् । त्यही कलेजको माथिल्लो तहमा अध्ययनरत विद्यार्थीले मेलामा आउनेलाई परामर्श दिने गरेका छन् ।

आफ्नै उमेरका सहपाठीले कलेजको सेवा सुविधा र शैक्षिक अवस्थाबारे जानकारी दिने भएपछि विद्यार्थीमा आकर्षण बढेको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts