Saturday, May 21, 2016

संविधान कार्यान्वयन गराउनु सबैको दायित्व : डा रिजाल

पथरी (मोरङ), ८ जेठ । पूर्वसूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले नयाँ संविधान कार्यान्वयन गराउनु सबैको दायित्व भएको बताउनुभएको छ ।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका नेता रिजालले संविधानले सबै जाति, जनजाति, मधेसी, मुस्लीम, पिछडा वर्ग सबै समुदायको प्रतिनिधित्व हुने संविधान निर्माण भइसकेको उल्लेख गर्दै संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, नेता रिजालले मधेसी मोर्चाको आन्दोलनप्रति गम्भीर हुन सरकारलाई आग्रह पनि गर्नुभएको छ ।

उहाँले आफूहरुको अहिलेको प्राथमिकता भनेको मधेसी मोर्चा र सरकारलाई मध्यबिन्दुमा ल्याउने भएको बताउनुभयो । उहाँले भन्नुभयो– “दुवै पक्षलाई मध्यबिन्दुको खोजी गरी सम्झौता गराउन काँग्रेसले पहल गरिरहेको छ ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts