Saturday, May 21, 2016

प्राधिकरण र गैससको सम्झौता

काठमाडौँ, ८ जेठ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका विद्यालय भवन, स्वास्थ्य चौकी तथा भवन निर्माणका लागि विभिन्न संस्थाबाट पेस भएका परियोजना प्रस्तावलाई गैरसरकारी संस्था परिचालनसम्बन्धी कार्यविधि, २०७२ अनुसार स्वीकृत गरेको छ ।

कार्यविधिको दफा ९ को उपदफा (६) अनुसार प्रस्तावित परियोजना प्रस्ताव छनोटका लागि प्राधिकरणको सिफारिस समितिले स्वीकृत गरेबमोजिम सम्बन्धित विज्ञ सदस्यको समन्वयमा त्रिपक्षीय सम्झौता गर्न स्वीकृत गरेको हो । सम्बन्धित संस्था, क्षेत्रगत मन्त्रालय र प्राधिकरणबीच त्रिपक्षीय सम्झौतामा हुने कानुनी व्यवस्था रहेको छ ।

स्वीकृत परियोजनामा २३४ वटा विद्यालय निर्माणका लागि रु एक अर्ब, ७२ करोड, ६७ लाख ३६ हजार ६१० प्रस्ताव गरिएको छ । यस्तै २७ वटा स्वस्थ्य चौकी तथा भवन निर्माणका लागि रु ३९ करोड ३२ लाख ८१ हजार ३२६ प्रस्ताव गरिएको छ प्रवक्ता रामप्रसाद थपलियाले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts