Wednesday, May 4, 2016

दुई चेलीको उद्धार

विराटनगर, २२ वैशाख । वैदेशिक रोजगारको लागि इराक पठाउन लागिएका दुई महिलालाई प्रहरीले उद्धार गरेको छ ।

सिन्धुपाल्चोकको फुल्पिङकोट–८ की शुभलक्ष्मी तामाङ र धादिङको छेत्रेदेउराली–७ की लक्ष्मी तामाङलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
काठमाडौंबाट बुद्धएयरको विमानबाट मङ्गलबार विराटनगर आएकी ती दुई महिलालाई सोधपुछ गर्दा दिल्लीको बाटो भएर इराक जाने जानकारी प्राप्त भएको थियो ।
ती दुई महिलाको अभिभावकलाई प्रहरीले बोलाई आज जिम्मा लगाएर घरतर्फ पठाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts