Wednesday, May 4, 2016

विद्यालयलाई रकम हस्तान्तरण

गोरखा, २२ वैशाख । भूकम्पपीडितको दुःख, पीडा झल्किएका लाप्राकको तस्बिर जापानमा प्रदर्शन गरी प्राप्त भएको रु ३० हजार लाप्राकको मणिकामदेवी माध्यामिक विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

युझी इन्टरनेसनल फ्रेन्डसीप क्लब जापानमा प्रदर्शन गरेपछि जापानीले पठाएको नगद सहयोग लाप्राकका विद्यार्थीको शैक्षिक गुणस्तर उकास्न आज प्रदान गरिएको फोटोग्राफर भरतकुमार श्रेष्ठले बताउनुभयो । विद्यालयका प्रअ भविराज गुरुङलाई सो रकम प्रदान गरिएको हो ।

भूकम्पले भत्किएको उक्त विद्यालय गुप्सीपाखास्थित एक अस्थायी टहरोमा सञ्चालन भइरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts