Wednesday, May 18, 2016

भूकम्प पीडितलाई निःशुल्क काठ उपलब्ध गराइने

भोजपुर, ५ जेठ । गत वर्ष गएको विनाशकारी भूकम्पमा परी ध्वस्त भएका घर पुनःनिर्माणका लागि सात लाख क्युबिक फिट काठ उपलब्ध गराइने भएको छ ।

जिल्ला वन कार्यालयमा आज बसेको सरोकारवाला निकायको बैठकले पीडितका लागि आवश्कताअनुसार जिल्लाका सामुदायिक वनबाट निःशुल्क रुपमा काठ उपलब्ध गराइने निर्णय गरेको हो ।

जिल्लाका तीन हजार सातसय पूर्ण क्षति र छ हजार एकसय आशिंक क्षति भएका घर निर्माणका लागि पीडित परिवारलाई आगामी पाँच वर्षसम्म सामुदायिक वनबाट काठ उपलब्ध गराउने निर्णय भएको सहायक वन अधिकृत वीरेन्द्र महासेठले जानकारी दिनुभयो ।

हालसम्म जिल्लाका ५५४ घरधुरीलाई सात हजार क्युविक फिट काठ उपलब्ध गराइसकिएको उहाँको भनाइ थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts