काठमाडौँ, ५ जेठ । उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय निकायको निर्वाचन मङ्सिरमा हुनेमा आशङ्का नगर्न आग्रह गर्नुभएको छ ।
पार्टीले केन्द्रीय कार्यालयमा आज पदाधिकारी तथा केन्द्रीयस्तरका नेतासँग आयोजना गरेको अन्तक्र्रियामा उहाँले संविधानबमोजिम स्थानीय निर्वाचनको व्यवस्था भएको र सत्तारुढ दलका साथै अधिकांश दल निर्वाचनको पक्षमा रहेकाले सरकारले त्यसलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
राप्रपा नेपालका अध्यक्ष थापाले जनताको सेवालाई केन्द्रमा राखेर चुनावको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिँदै पार्टीले सरकारमा रही देशको राष्ट्रियता बलियो बनाउन तथा जनताको पक्षमा कार्य गरेको चर्चा गर्नु भयो ।
पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले पार्टीले लिएको सिद्धान्तले नै जनताको माझमा पार्टी लोकप्रिय भइरहेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । रासस
No comments:
Post a Comment