कलैया, २९ वैशाख । अदालतको अवहेलना गरेको आरोपमा बारा जिल्ला अदालतले सांसद नेजमा खातुनलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ ।
नेकपा (एमाले)का सभासद्का उम्मेदवार महमुद आलमको हत्याको मुद्दाको यही वैशाख १५ गते सुनुवाइ वहसमा जिल्ला न्यायाधीश भोजराज शर्माको इजलासले एक जनालाई जन्मकैद र रामचन्द्र प्यासीसहित चार जनालाई १० वर्ष कैद सजाय फैसला गरेको विषयमा सांसद खातुनसहित १९ जनाले अदालतको विरुद्धमा अपशब्द, अवहेलना गरेकामा बार एसोसियसनले खातुनलगायतमाथि अदालतको अवहेलना तथा मानहानी मुद्दा दायर गरेको थियो ।
सो मुद्दा बारे सांसद खातुन आज आफँै अदालतमा हाजिर भई बयान दिएको, बयान पूरा नभएपनि अदालतले हाजिरी जमानीमा रिहा गरेकोमा जिल्ला अदालत बार एसोसियसनले भोलिदेखि इजलास बहिस्कार गरिने कुरा बारका अध्यक्ष भोगेन्द्रप्रसाद धानुकबाट थाहा भएको छ । रासस
––––––
No comments:
Post a Comment