काठमाडौँ, २५ वैशाख । अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आवश्यकता, चाहना र भावनालाई सम्बोधन गर्दै आर्थिक वर्ष २०७३÷७४ को बजेट ल्याउने बताउनुभएको छ ।
व्यवस्थापिका–संसद्को बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले सदनमा उठेका सबै विषयको उचित सम्बोधन गर्ने र त्यसलाई मनन गर्दै बजेट ल्याइने उल्लेख गर्नुभयो ।
अर्थमन्त्री पौडेलले आगामी जेठ १५ गते आगामी आवको बजेट ल्याउने र सबै विषयमा सम्बोधन गरिने बताउनुभयो । उहाँले सांसदका सबै धारणा र विचारलाई सम्मान गर्नेसमेत स्पष्ट पार्नुभयो । रासस
No comments:
Post a Comment