Saturday, May 7, 2016

जिप दुर्घटनामा १२ जना घाइते

पाल्पा, २५ वैशाख । जिल्लाको दर्लमडाँडा–७ गरनडाँडामा शनिबार दिउँसो जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

पाल्पाकै बराङ्दीबाट राम्दीतर्फ गएको लु १ ज २०५० नम्बरको जीप ब्रेकफेल भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते हुनेमा बराङ्दी–१ का ६५ वर्षका ताराप्रसाद घिमिरे, २८ वर्षका डम्बर घिमिरे, ४० वर्षका बावुराम घिमिरे, टिकादेवी घिमिरे, मायादेवी घिमिरे, भोजराज घिमिरे, सरस्वती बस्याल, भरत घिमिरे, चुनादेवी घिमिरे, शारदा बस्याल, दिपेन्द्र घिमिरे र हेमलाल घिमिरे रहनुभएको तानसेनस्थित मिसन अस्पतालले जनाएको छ ।

दुर्घटना भएको जीप सडक छेउमा रहेको विद्युत्को पोलमा ठोकिएर मानवीय क्षति हुन नपाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रविन आचार्यले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts