काठमाडौँ, २७ वैशाख । सडकमा काम गर्दा धेरै धुवाँधुलो खान बाध्य ट्राफिक प्रहरीलाई थोरै समय भए पनि स्वच्छ हावा दिने उद्देश्यले शङ्कर अक्सिजन ग्यास प्रालिले पाँच थान अक्सिजन ग्यास सहयोग गरेको छ ।
शङ्कर ग्यासका प्रोपाइटर शङ्करलाल अग्रवालले आज महानगरीय ट्राफिक महाशाखाका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई सो ग्यास हस्तान्तरण गर्नुभयो । कार्यक्रममा महाशाखाका प्रमुख अर्यालले धुलो र धुवाँले ट्राफिक प्रहरीको स्वास्थ्य दिनानुदिन बिग्रँदै गएको छ, एकछिन भए पनि स्वच्छ हावा खान सक्ने हुँदा यो अक्सिजनले स्वास्थ्यमा राम्रो गर्छ भन्नुभयो ।
ग्यासका प्रोपाइटर शङ्करलाल अग्रवालले काठमाडौँको हावामा कम अक्सिजन हुने भएकाले यस्तो सहयोग गरिएको बताउनुभयो । एक थान सिलिन्डरबाट २० घन्टासम्म अक्सिजन लिन सकिने छ । रासस
No comments:
Post a Comment