Monday, May 9, 2016

मदन भण्डारी स्मृति सभाकक्ष बन्ने

गाईघाट (उदयपुर), २७ वैशाख । सदरमुकामस्थित पुरानो हवाई मैदानमा मदन भण्डारी स्मृति सभा कक्ष तथा अतिथि भवन निर्माण हुने भएको छ ।

हवाइ मैदानको तीन बिघा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त भवनको सहरी विकास राज्यमन्त्री मन्जुकुमारी चौधरीले आज शिलान्यास गर्नुभयो । सहरी विकास मन्त्रालयको करिब रु २५ करोडको लागतमा आगामी तीन वर्षभित्र उक्त भवन निर्माण हुनेछ । उक्त भवन तीन तले हुने र एक हजारदेखि एक हजार पाँचसय अतिथि अटाउने क्षमताको हुने सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय उदयपुरका प्रमुख ब्रम्हदेव चौधरीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts