काठमाडौँ, ७ जेठ । केन्द्रीय बालकल्याण समितिले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) को आजको सभामा बालबालिकाको व्यापक प्रयोग भएको भन्दै ध्यानाकर्षण गराएको छ ।
समितिका कार्यकारी निर्देशक तारक धितालले विज्ञप्ति जारी गर्दै विद्यालय शान्ति क्षेत्रसम्बन्धी निर्देशिका, २०६८ विपरीत राजनीतिक दलको कार्यक्रममा कलिला बालबालिकालाई प्रयोग गर्नु मानवअधिकारको उल्लङ्घन भएको जनाएको छ ।
कुनै पनि दलीय भेला, जुलुस र धर्नामा बालबालिकालाई प्रयोग नगर्ने र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन गराउने राजनीतिक प्रतिबद्धताको समितिले स्मरण गराएको छ ।
जनक शिक्षाले ढाँट्यो ः अभिभावक
नेपाल राष्ट्रिय अभिभावक सङ्घले जनकशिक्षा सामग्री केन्द्रले दिएको पाठ्यपुस्तक वितरणसम्बन्धी तथ्याङ्क झुठो भएकाले सम्बन्धित अधिकारीलाई कारबाही गर्न माग गरेको छ ।
सङ्घको पदाधिकारी बैठकपछि आज अध्यक्ष धर्मदत्त देवकोटाले जारी गर्नुभएको विज्ञप्तिमा कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक छपाएर समयमा वितरण गर्ने पूर्व प्रतिबद्धता पूरा नभएको जनाएको छ ।
सङ्घले कक्षा ६ देखि १० सम्मका ३० देखि ४० प्रतिशत पाठ्यपुस्तक समयमा सेटमा पु¥याउने प्रतिबद्धता पूरा नभएको जनाउँदै केन्द्रले पुगिसकेको भन्ने विवरण सार्वजनिक गरेकामा आपत्ति जनाएको हो ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले समयमा पाठ्यपुस्तक उपलब्ध गराउने प्रतिबद्धता गरे पनि सो पूरा नभएकाले केन्द्रका अधिकारीलाई कारबाही गर्न सङ्घले सरकारको ध्यानाकर्षण गराएको हो । रासस
No comments:
Post a Comment