कपिलवस्तु, १९ वैशाख । नेपालका लागि जापानका राजदूत मासासी ओगावाले आज भगवान गौतम बुद्धको जन्मस्थल तिलौराकोटको अवलोकन गर्नुभएको छ । उहाँकी पत्नीसहित छ जनाको टोलीले तिलौराकोटको अवलोकन गरेका हो ।
उहाँले तिलौराकोटको पश्चिमीद्वार, मध्यभाग र पूर्वीद्वारको अवलोकन गर्दै सो क्षेत्रका ऐतिहासिक महत्वबारे जानकारी लिनुभएको थियो ।
राजदूत ओगावालाई उत्खनन क्षेत्र अवलोकन र हालसम्मको उत्खननका उपलब्धिबारे लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले अवगत गराउनुभएको थियो ।
सो अवसरमा राजदूत ओगावाले सञ्चारकर्मीसँग तिलौराकोटको विकासका लागि जापानका सरकारी र गैरसरकारी संस्थाको सहयोगका लागि समन्वय गर्ने बताउँदै उहाँले जेफिड (जापान फन इन ट्रस्ट) अन्तर्गतको उत्खननको कार्यलाई निरन्तरता दिइने बताउनुभयो ।
तिलौराकोट गौतम बुद्धका बाबु राजा शुद्धोधनको राजधानीका रुपमा परिचित छ । युनेस्को, जेफिड र नेसनल जियोग्राफी सोसाइटी अमेरिकाको सहयोगमा दोस्रो चरणको तिलौराकोट उत्खनन् अन्वेषण परियोजनाअन्र्तगत तिलौराकोटका तीन र निग्रोधारामको एक ठाउँमा उत्खनन भइरहेको छ । रासस
No comments:
Post a Comment