डोटी, १९ वैशाख । जिल्लाको तिखातर गाविस–४ लोली नजिकैको जङ्गलमा पाँच दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगो नियन्त्रणमा लिन स्थानीयवासीले गरेको प्रयास सफल हुन सकिरहेको छैन । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरीलगायतसँग आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ ।
समयमै आगो नियन्त्रणमा लिन नसके वन क्षेत्र पूरै सखाप हुने स्थानीयवासी केशव बमले बताउनुभयो । रासस
No comments:
Post a Comment