काठमाडौँ, २७ वैशाख । संविधानसभाका तत्कालीन अध्यक्ष सुवास नेम्वाङले नयाँ संविधान सबै नेपालीले स्वीकार गरिसकेको अवस्थामा त्यसको कार्यान्वयनका लागि सबै एक जुट हुनुपर्ने बताउनुभएको छ ।
दलित नागरिक समाज र जातीय विभेदविरुद्ध विश्व मञ्चले आज यहाँ आयोजना गरेको ‘संविधान प्राप्तिका अवसर र कार्यान्वयनका चुनौतीहरु’ विषयको कार्यक्रममा पूर्वसभामुख नेम्वाङले सबै वर्ग, जाति र समुदायलाई समेटेर राम्रो संविधान जारी भएकाले कार्यान्वयनका लागि पनि नेपाली जनताले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । “नगण्य मात्रामा केही व्यक्ति र समुदायको मात्र संविधानप्रति असन्तुष्टि रहेको छ, त्यसलाई संशोधन गरेर समाधान गर्न सकिने छ”– नेकपा (एमाले) संसदीय दलका उपनेता नेम्वाङले भन्नुभयो ।
एमाले स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जुनसुकै राजनीतिक पार्टीमा लागेको भए पनि दलितहरु सबै अधिकारका लागि एकै ठाउँ उभिनुपर्ने बताउनुभयो । मञ्चका अध्यक्ष तीर्थ वर्माले अबका दिनमा पनि थप अधिकार स्थापित गराउन विश्वभर आवाज उठाइने बताउनुभयो । रासस
No comments:
Post a Comment