Sunday, May 8, 2016

आगामी आव ‘समृद्धिको प्रस्थान वर्ष’, मङ्सिरभित्र निर्वाचन

काठमाडौँ, २६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७३÷७४ को सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षलाई समृद्धितर्फको प्रस्थान वर्ष घोषणा गरिएको छ ।

सो नीति र कार्यक्रममा आगामी पाँच वर्षलाई समृद्धिको विकासको अवधि र दश वर्षभित्र समृद्धि तर्फको खुट्किला चढी नेपाललाई चाँडै विकासशील मुलुकमा रुपान्तरण गरिने घोषणा गरिएको छ ।

त्यसैगरी, नीति तथा कार्यक्रममा मुलुकभित्र स्वरोजगार सिर्जना गरी सन्तुलित आर्थिक विकास र आत्मनिर्भरतालाई पनि प्राथमिकतामा राखिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७३÷७४ को सरकारको नीति तथा कार्यक्रममा आगामी मङ्सिरभित्र स्थानीय निकायको निर्वाचन गरिने उल्लेख छ ।
विगत दुई दशकदेखि रिक्त स्थानीय निकायको निर्वाचन गर्न सरकारले प्राथमिकता दिने जनाउँदै आए पनि नीति तथा कार्यक्रममा यसबारे पहिलो पटक सम्बोधन भएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts