Sunday, May 1, 2016

संस्थागत विद्यालय शिक्षक युनियन गठन

काठमाडौँ, १९ वैशाख । निजी विद्यालयमा कार्यरत शिक्षकको दुई सङ्गठनबीच एकता भई संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु) बनेको छ ।

नेपाल संस्थागत विद्यालय शिक्षक युनियन (एनइस्टु) र संस्थागत विद्यालय शिक्षक युनियन(इस्टुएन) बीच एकीकरण भएपछि इस्टु बनेको हो ।

मुकुन्द गौतम अध्यक्षतामा इस्टुको ६१ सदस्यीय कार्यसमिति चयन गरिएको छ । इस्टुको उपाध्यक्षमा हेमकुमार थापा र महासचिव भीम क्षेत्री रहनुभएको छ ।

यसैगरी सङ्घीय संरचनाअनुसार ७ उपाध्यक्ष राखिएको छ । दुई सङ्गठन एकीकरण गरिएकाले तीनवर्षे कार्यकाल रहने उक्त कार्यसमितिका अध्यक्षमा डेढ वर्ष गौतम र बाँकी डेढ वर्ष थापा रहनुहुने सहमति भएको बताइएको छ ।

वरिष्ठ उपाध्यक्ष थापाका अनुसार नयाँ कार्यसमितिमा एनइस्टुका २८ र इस्टुएनका २५ जना सदस्य रहेका छन् । २०६० सालमा स्थापित एनइस्टुपछि विभाजित भई दुईवटा बनेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts