Sunday, May 1, 2016

‘युवा सशक्तीकरण अभियान’ परिचालन गरिने

काठमाडौँ, १९ वैशाख । नेकपा (एमाले) निकट युवा सङ्घ नेपालले आफ्ना मातहतका विभाग तथा क्षेत्रीय कमिटीलाई २६औँ स्थापना दिवसमा (आगामी जेठ १ गते) देशभर ‘युवा सशक्तीकरण अभियान’ परिचालन गर्ने भएको छ ।

सङ्घका अध्यक्ष राजीव पहारीको अध्यक्षतामा बसेको बैठकले अञ्चल, जिल्ला, नगर, क्षेत्र, इलाका कमिटीलाई आ–आफ्नो स्थानमा युवामैत्री कार्यक्रम तथा सामाजिक कार्य सञ्चालन गर्न आग्रह गरेको सङ्घका प्रवक्ता प्रभातविक्रम कट्ुवालले जानकारी दिनुभयो ।

त्यसैगरी विभिन्न विद्यालय, सार्वजनिकस्थल, वृद्धाश्रम सरसफाइका साथै ज्येष्ठ नागरिकलाई सम्मान तथा खानेकुरा वितरण गरिने कार्यक्रम छ ।

मुलुकमा विद्यमान समस्या तथा समसामयिक विषयमा बुद्धिजीवीबाट विचार गोष्ठी अन्तक्र्रियालगायत कार्यक्रम राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली उक्त सङ्घका संस्थापक अध्यक्ष हुनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts