Sunday, May 1, 2016

पत्रकार भोम्जनको स्मृतिमा शोकसभा

काठमाडौँ, १९ वैशाख । गत वर्ष वैशाख १२ को भूकम्पमा ज्यान गुमाएका गोरखापत्र दैनिकका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा आज शोकसभा आयोजना गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको सेमी कभर्डहलमा आयोजना गरिएको शोकसभामा विभिन्न खेलकुद सङ्घका पदाधिकारी, खेल पत्रकार एवम् राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टको उपस्थिति थियो ।

मकवानपुर जिल्ला पदमपोखरी गाविस–५ मा २०४२ जेठ २१ गते जन्मनुभएका भोम्जनले २०६४ सालदेखि मकवानपुरबाट प्रकाशित नारायणी दैनिकबाट पत्रकारिता सुरु गर्नुभएको थियो । भोम्जन नेपाल खेलकुद पत्रकार मञ्चको मकवानपुर समन्वय शाखाका संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो ।

त्यसैगरी २०६६ सालमा राजधानी आई नेपाल एफएममा काम गर्न थालेका भोम्जन २०६८ सालदेखि ‘गोरखापत्र’ दैनिकमा आबद्ध हुनुहुन्थ्यो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts