Wednesday, May 4, 2016

पाठकको नियुक्ति कार्यान्वयन नगराउन सर्वोच्चद्वारा अन्तरिम आदेश

काठमाडौँ, २२ वैशाख । सर्वोच्च अदालतले दीपक पाठकलाई प्रेस कान्सिलको सदस्यमा दिइएको नियुक्ति कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज पाठकको नियुक्ति कार्यान्वयन नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

गलत धन्दामा लागेका पाठकलाई काउन्सिलको सदस्य नबनाउन माग गर्दै पत्रकार रामकुमार एलनले सर्वोच्च अदालतमा मङ्लबार रिट निवेदन दायर गर्नुभएको थियो । आदेशमा सूचना तथा सञ्चार मन्त्रालयको यही वैशाख १७ गते गरेको निर्णय कार्यान्वयन नगर्नु÷नगराउने भनिएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले पाठकलाई यही वैशाख १७ गते काउन्सिलको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts