चितवन, २२ वैशाख । चितवनको माडीमा गैंडाको आक्रमणबाट आज एकजना घाइते भएका छन् ।
माडी नगरपालिका–१ का सुकबहादुर बोटे गैंडाको आक्रमणबाट गम्भीर घाइते हुनुभएको हो ।
घर नजिकै रहेको रिउ खोलामा घोगी टिप्दै गर्दा निकुञ्जबाट निस्किएको गैंडाले बोटेलाई दिउँसो २ बजे आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रासस
No comments:
Post a Comment