Friday, May 6, 2016

मन्त्रिपरिषद् बैठक : सरकारको नीति तथा कार्यक्रममा केही थपघट

काठमाडौँ, २४ वैशाख । बिहीबार पारित भएको नेपाल सरकारको नीति तथा कार्यक्रममा आज केही थपघट भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार छुटेका केही विषयलाई थपघट गरेको बैठकपछि उपप्रधान तथा रक्षामन्त्री भीम रावलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– “बिहीबार नीति तथा कार्यक्रम सैद्धान्तिक रुपमा पारित भएकोमा छुटेका विषयलाई फेरि एक पटक छलफल गरी सम्पूर्ण बुँदा हेरेर त्यसलाई अन्तिम रुप दिइएको छ ।”

उहाँले बिहीबार राजनीतिक दलबीचको छलफल र अबेर रात परेका कारण आज थप छलफल गर्नुपरेको स्पष्ट पार्नुभयो ।

नीति तथा कार्यक्रम राष्ट्रपतिबाट वैशाख २६ मा प्रस्तुत हुने विषयमा समेत मन्त्रिपरिषद्मा छलफल भएको उहाँले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts