काठमाडौँ, ७ जेठ । प्रेस चौतारी नेपालको जारी आठौँ राष्ट्रिय महाधिवेशनमा निर्विरोध हुन नसकेका सदस्य पदका लागि शनिबार बिहान निर्वाचन हुने भएको छ ।
कुल ७९ सदस्यीय कायर्ससमितिमा १११ को उम्मेदवारी परेकामा पदाधिकारीसहित ४४ पदमा निर्विरोध चयन भएको छ भने बाँकी ४४ पदमा निर्वाचन हुनेछ । उम्मेदवारी दिएकाले आज राति ८ बजेसम्म फिर्ता लिने समय दिइएको निर्वाचन समितिका संयोजक तीर्थ कोइरालाले जानकारी दिनुभयो । उम्मेदवारी फिर्ताको समयमा सहमतिको प्रयास पनि एकैसाथ भइरहेको छ ।
बिहीबारको बन्दसत्रमा अध्यक्षमा गणेश बस्नेतसहित २२ पदाधिकारी सर्वसम्मतिमा चयन हुनुभएको थियो भने आज बिहानदेखि जारी सदस्यको निर्वाचन प्रक्रियामा विभिन्न क्षेत्रका सदस्य पदमा मनोनयन परेको थियो । उपत्यका, प्रतिष्ठान, प्रदेश, विभिन्न समावेशी क्षेत्र र खुल्ला सदस्यमा मनोनयन परेको थियो ।
उपत्यकाको दुई सदस्यमा शन्तराम विडारी, सोम शर्मा बजगाईं, हेमराज सिलवाल र राजेश शर्माको उम्मेदवारी परेको छ भने प्रतिष्ठानको दुई सदस्यमा प्रकाश सिलवाल, मोहन बास्तोला, तेजप्रसाद वाग्ले र जीवनाथ शिवाकोटीले उम्मेदवारी दिनुभएको छ । रासस
No comments:
Post a Comment