Friday, May 20, 2016

माटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु, एक घाइते

लहान, ७ जेठ । माटोको ढिस्कोले पुरिएर आज साँझ सिरहाको सुखीपुरमा दुई महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरहाको सुखीपुर नगरपालिका–६ सिलौरापछवारी निवासी ३४ वर्षीया सञ्जीना खातुन र सोही ठाउँकी ३४ वर्षीया छेकनी मुखिया रहेको प्रहरीले जनाएको छ ।

साँझ ६ बजेतिर घर नजिकै रहेको खेतमा घर पोत्ने माटो लिन जाँदा माटोको ढिस्कोले पुरिएर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

ढिस्कोले पुरिएर सोही ठाउँका ४० वर्षीय रामसुनार मुखिया घाइते भएकाले उहाँलाई उपचारका लागि स्थानीय अस्पताल पठाएको प्रहरी नायब उपरीक्षक कोइरालाले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts