तुलसीपुर (दाङ), १३ जेठ । चौध वर्षअघि हत्या गरिएका पत्रका कृष्ण सेन ‘इच्छुक’को हत्यामा संलग्नलाई कारबाही गर्न माग गरिएको छ ।
चौधौँ कृष्ण सेन स्मृति दिवसका अवसरमा दाङको घोराहीमा नेपाल पत्रकार महासङ्घ दाङ, क्रान्तिकारी पत्रकार सङ्घ, क्रान्तिकारी पत्रकार महासङ्घले गरेको संयुक्त कार्यक्रममा वक्ताले यस्तो माग गरेका हुन् ।
सोही अवसरमा पत्रकार महासङ्घ दाङमा स्थापित ‘चिन्तामणि जमुना पोख्रेल स्मृति पत्रकारी पुरस्कार’बाट पत्रकार इच्छुकलाई मरणोपरान्त पुरस्कृत गरिएको छ ।
सो अवसरमा नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माले इच्छुकका जेठान चुनचुन केसीलाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभएको हो । त्यसैगरी क्रान्तिकारी पत्रकार सङ्घ दाङमा स्थापित कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमलाई सम्मान गरिएको छ । पुरस्कारको राशि जनही रु दश हजार छ ।
सोही अवसरमा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ दाङमा स्थापित कृष्ण सेन इच्छुक स्मृति साहित्यिक पुरस्कार साहित्यकार क्षितिज मगरलाई प्रदान गरिएको छ । रासस
No comments:
Post a Comment