काठमाडौँ, १३ जेठ । विभिन्न यातायात मजदुर सङ्घ, सङ्गठन तथा व्यवसायीहरुले गरेको चक्काजामलाई ध्यानमा राखेर नेपाल प्रहरीले बिहीबार सर्वसाधारण नागरिकलाई सुविधा दिन उपत्यकाका विभिन्न स्थानमा दुईवटा बस सञ्चालन गरी सेवा प्रदान गरेको छ ।
प्रहरीले सञ्चालन गरेको बस पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै नक्सालसम्म सञ्चालन भइरहेको छ ।
त्यसैगरी अर्को रुटमा बस नक्साल, मैतीदेवी, गौशाला, कोटेश्वर, तिनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर लाजिम्पाट, नारायणगोपालचोक, बालुवाटार हुँदै नक्सालसम्म चलिरहेको छ ।
बस सेवा बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन गरिने प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment