भक्तपुर, १९ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले विनासकारी भूकम्पले उपत्यकाका तीन जिल्लामा पु¥याएको क्षति विवरण पुनः सङ्कलन कार्य अब छिट्टै सुरु हुने बताउनुभएको छ ।
आज भक्तपुरको कौशलटारस्थित कौशलटार इङ्लिस स्कूलको साताँै वार्षिकोत्सव एवम् अभिभावक दिवसमा बोल्दै उहाँले भूकम्पले सबभन्दा बढी क्षति भएका १४ जिल्लामध्ये ११ जिल्लाको क्षति विवरण आइसकेकाले अब त्यहाँ खटिएका इन्जिनियरलाई भक्तपुर, काठमाडाँै र ललितपुरको क्षति विवरण सङ्कलनमा खटाइने जानकारी गराउनुभयो ।
मन्त्री पोखरेलले भन्नुभयो– “उपत्यकामा पनि क्षति विवरण सङ्कलनको प्रक्रिया सुरु भएको छ, अब छिट्टै पुनःनिर्माणको काम सुरु हुन्छ ।” पुनःनिर्माणका लागि दाताले दिने सबै रकम खातामा आइनसकेको बताउँदै उहाँले सरकारले आगामी पाँच वर्षभित्र सबै घर तथा सम्पदाको पुनःनिर्माण सम्पन्न गरिसक्ने बताउनुभयो ।
कार्यक्रममा उहाँले नेपाललाई धार्मिक पर्यटनका रुपमा विकास गर्न सरकारले विभिन्न योजना अगाडि सारेको बताउनुभयो । उहाँले भन्नुभयो˗ “विभिन्न धर्मसंस्कृतिको धनी हाम्रो देश नेपालमा धार्मिक पर्यटनको विकास गर्दै लगे छिटो विकास हुने र आर्थिक समुन्नति हुन्छ, त्यसैले सरकार यसतर्फ केन्द्रित भएको छ ।”
कार्यक्रममा प्याब्सन भक्तपुरका अध्यक्ष राजकुमार महर्जन, त्रिविवि मानविकी सङ्काय प्रमुख माधवप्रसाद कोइराला, थिमि नगरपालिकाका पूर्वउपमेयर मुरारी आचार्य, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट गभर्नर सुनिलभक्त श्रेष्ठ, नायक रमित ढुङ्गाना, समाजसेवी कालिका पाठक, सागबारी टोल सुधार समितिका अध्यक्ष गरुडध्वज बस्नेत, विद्यालय सञ्चालन समितिका अध्यक्ष लक्ष्मीबहादुर कुटु, विद्यालयका प्रिन्सिपल लक्ष्मी कुटुलगायतले निजी विद्यालयका लागि सरकारले ल्याएको निर्देशिकाले निजी विद्यालय सङ्कटमा परेको बताउनुभयो ।
कार्यक्रममा मन्त्री पोखरेलले विद्यालयले निर्माण गरेको भूकम्पप्रतिरोधी नयाँ भवनको उद्घाटनसमेत गर्नुभएको थियो भने विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार प्रदान पनि गरिएको थियो । रासस
––––––––
No comments:
Post a Comment