Friday, May 27, 2016

यार्सा सङ्कलनका क्रममा ज्यान गयो

बैतडी, १४ जेठ । दार्चुलामा यार्सा सङ्कलनका क्रममा माथिबाट खसेको ढुङ्गा लागेर एकजनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरका अनुसार दार्चुला घुसा–४ का २७ वर्षीय लोकेन्द्र धामीको बिहीबार यार्सा सङ्कलन गर्ने क्रममा माथिबाट आएको ढुङ्गाले लागेर ज्यान गएको हो ।

सदरमुकामबाट घटनास्थल टाढा भएकाले आज मात्रै घटनाबारे थाहा भएको प्रहरीले जनाएको छ । योसँगै यार्सा सङकलनका क्रममा दार्चुलामा दुईजनाको मृत्यु भएको छ ।

यसअघि यही जेठ ८ गते यार्सा सङ्कलन गरेर घर फर्किदा पुख्यौली घर बैतडी भई हाल डडेल्धुराको पर्शुराम नगरपालिका बस्दै आएका महेश बोहराको पनि ज्यान गएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts