Wednesday, May 18, 2016

छतबाट सडकमा पानी फाल्ने पाइप हटाउन सुरु

पोखरा, ५ जेठ । पोखरा उपमहानगरपालिकाले घरको छतबाट सडकमा पानी फाल्ने पाइप हटाउन आजदेखि सुरु गरेको छ ।

वर्षात्को समयमा घरको छतबाट खसेको पानीले सडकमा हिँड्ने बटुवालाई सास्ती दिने गरेकाले उपमहानगरपालिकाले त्यसरी जडान गरिएका पाइप हटाउन सुरु गरेको वरिष्ठ अधिकृत ओमराज पौडेलले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले पहिलो दिन विभिन्न ठाउँका १५ घरका छतबाट सडकमा पानी फाल्न राखिएका ४४ वटा पाइप हटाएको छ ।

उपमहानगरपालिकाले यस अभियानलाई निरन्तरता दिँदै नगरका अन्य वडामा पनि सञ्चालन गर्ने बताएको छ ।

वैशाख १ गते उपमहानगरपालिकाले नगरका सबै वडालाई प्लास्टिक झोला र गिलास निषेधित क्षेत्र घोषणा गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts