Wednesday, May 18, 2016

उवा सङ्घद्वारा आगलागीपीडितलाई राहत प्रदान

ताप्लेजुङ, ५ जेठ । ताप्लेजुङ सदरमुकाम फुङलिङसँगै जोडिएको कफी हाउस लाइनका दुई आगलागीपीडित परिवारलाई उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले राहतस्वरुप नगद प्रदान गरेको छ ।

गत वैशाख २५ गते आगलागी भई घर सम्पत्ति गुमाएका नेत्रप्रसाद बराल र पद्म पौडेललाई उवा सङ्घको सक्रियतामा सदरमुकाम क्षेत्रमा सङ्कलन गरिएको रु एक लाख ४२ हजार १७० रुपैयाँ आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

सङ्कलित रकममध्येबाट बराल र पौडेललाई क्रमशः ९० हजार र ५२ हजार १७० रुपैयाँ उवा सङ्घका प्रथम उपाध्यक्ष गणेश सेनेहाङ, पूर्वसभापति सन्तोष खतिवडा र नेपाल पत्रकार महासङ्घका ताप्लेजुङ अध्यक्ष केशवप्रसाद भट्टराईले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

सोही कार्यक्रममा औषधि व्यवसायी सङ्घ ताप्लेजुङलेसमेत उक्त परिवारलाई १५ हजार ५० रुपैयाँ राहतस्वरुप प्रदान गरेको थियो । राहत सङ्कलन समितिका संयोजक तथा औषधि व्यवसायी नारायणप्रसाद ओझाले अग्निपीडित बराललाई आठ हजार ५२५ रुपैयाँ र अर्का पीडित पौडेललाई छ हजार ५२५ रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो । ओझाका अनुसार जिल्लामा रहेका छवटा औषधि व्यवसायीबाट सो रकम सङ्कलन भएको हो ।

वैशाख २५ गते अचानक भएको आगलागीबाट घरसहित लाखौँको सम्पत्ति गुमाएका दुई परिवार अहिले आफन्तको शरणमा बसिरहेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts