Thursday, May 19, 2016

करेन्ट लागेर मृत्यु

इलाम, ६ जेठ । इलामको एकतप्पा गाविसमा आज दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

प्रशारण लाइन मर्मत गर्ने क्रममा एकतप्पा–१ का ४५ वर्षीय युवराज कोइरालाको मृत्यु भएको हो । लाइन मर्मत गर्ने क्रममा करेन्ट लागे गम्भीर घाइते भएका कोइरालाको उपचारका लागि इलाम अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts