Saturday, May 28, 2016

गणतन्त्र दिवसका अवसरमा चियापन

काठमाडौँ, १५ जेठ । नवौँ गणतन्त्र दिवसमा अवसरमा शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज चियापन समारोह आयोजना गरिएको छ ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख ओनसरी घर्ती उपस्थित हुनुहुन्थ्यो ।

त्यसैगरी प्रमुख विपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्रिगण, सांसद, न्यायाधीश, कूटनीतिक नियोगका पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता लगायतको सहभागिता थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts