Saturday, May 21, 2016

कतारमा बुद्ध जयन्ती मनाइयो

कतार, ८ जेठ । शान्तिका अग्रदूत गौतम बुद्धको २५६०आँै बुद्ध जयन्ती पूजाआजासहित विविध कार्यक्रम गर्दै कतारमा सम्पन्न भएको छ ।

नेपाली राजदूतावासमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि कार्यबाहक राजदूत मणिरत्न शर्माले गौतमबुद्धले विश्वसामु शान्तिको सन्देश प्रवाह गरेर मानव जगतमा सत्मार्गमा हिँड्न प्रेरणा प्रदान गरेको बताउनुभयो । शर्माले प्रवासमा श्रमिकको समस्या र जटिलताको विषयमा दूतावास गम्भीर रुपमा लागिपरेको भन्दै सामाजिक सङ्घसंस्थाको रचनात्मक भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

विशेष अतिथिमा एनआरएन आइसिसीका गल्फ सहसंयोजक उमेश अधिकारी, जनजाति महासङ्घ कतारका अध्यक्ष शियाराम चौधरी, एनआरएनएएनसिसी अध्यक्ष विनेश तामाङलगायत विभिन्न सामाजिक सङ्घसंस्थाका प्रमुखको सहभागिता रहेको थियो ।

बुद्ध जयन्ती मूल समारोह समितिका संयोजक एवम् गुरुङ समाज कतार अध्यक्ष खेम गुरुङले प्रवासको ठाउँमा आएर पनि सबै नेपाली एक ठाउँमा रहेर कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । रासस
––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts