त्रिशूली(नुवाकोट), १० जेठ । सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य मञ्चला झाले आयोगलाई विश्वास गरी द्वन्द्वका क्रममा भएको अन्याय, अत्याचार र मानवअधिकार हननका गम्भीर घटनाका पीडितलाई निवेदन दिन आग्रह गर्नु भएको छ ।
सदरमुकाम विदुरमा स्थानीय शान्ति समितिको आयोजनामा भएको अन्तक्र्रिया कार्यक्रममा झाले द्वन्द्वको घाउ र पीडालाई वैधानिक रुपमा निरुपण गर्न आयोग स्थापना भएकाले उजुरी दिन आग्रह गर्नुभयो ।
झाले भन्नुभयो “आयोगलाई विश्वास गरेर निवेदन दिनुहोला, हामी घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्नेछौंँ, मानवअधिकार हननका अत्यन्त निकृष्ट कार्यका दोषीमाथि कारबाही हुनेछ ।”
कार्यक्रममा सहभागीले आयोगले बिर्सिसकेको द्वन्द्वको घाउलाई फेरि बल्झाएर मात्र राख्ने जनाउँदै कारबाही गर्न सक्नेमा आशङ्का व्यक्त गरेका थिए । नेकपा (एमाले)की नेत्री विन्दा ढुङ्गानाले बलात्कार जस्ता जघन्य अपराधबारे अनुसन्धान गर्न समस्या हुने भएकाले आयोगलाई आफ्नो पीडा देखाउने पीडितको भावनामा खेलबाड हुन दिनु नहुने बताउनुभयो ।
सहिद परिवार नुवाकोटका अध्यक्ष रामभक्त उप्रेतीले आयोगलाई घाउ बल्झाउने मात्र हो भने अहिले नै काम स्थगन गर्न आग्रह गर्नुभयो । यहाँ सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि आजसम्म ४९ र बेपत्ता छानविनमा २१ निवेदन परेको छ । रासस
Monday, May 23, 2016
द्वन्द्वका घाउ मात्र नबल्झाउन आग्रह
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment