Saturday, May 7, 2016

सरकार जनताको पक्षमा बजेट ल्याउँदैछ : मन्त्री चन्द

भक्तपुर, २५ वैशाख । वाणिज्य मन्त्री जयन्त चन्दले सरकार विभिन्न चुनौतीको सामना गर्दै अगाडि बढेको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, चाँगुनारायण नगरपालिका नगर भेलामा उहाँले जस्तोसुकै समस्या आए पनि सरकार अगाडि बढ्ने बताउनुभयो ।

सरकारले जनताको पक्षमा महत्वाकांक्षी बजेट ल्याउन लागेको चर्चा गर्दै सरकार परिवर्तनको खेलमा लाग्ने समय पुनःनिर्माणमा खर्चिन नेताहरुलाई आग्रह गर्नुभयो ।

उहाँले राप्रपा र राप्रपा नेपालको एकीकरण अन्तिम चरणमा पुगेको बताउँदै केही दिनभित्रै एकीकरणको सन्देश नेपाली जनताले पाउने चर्चा गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts