Saturday, May 7, 2016

लोकतन्त्र गुम्ने खतरा : नेता डा भट्टराई

चितवन, २५ वैशाख । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भटृराईले पछिल्लो समयमा राजनीतिक दलहरु सत्ताको पछि लागेका कारण देशले निकास पाउन नसकेको बताउनुभएको छ ।

नयाँ शक्ति नेपाल, चितवनले आज यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले दलहरुको सत्ता मोहले लोकतन्त्र पनि गुम्ने खतरा बढेको उल्लेख गर्नुभयो ।

दलहरु जालझेल गरेर सत्तामा पुग्ने मात्र दाउमा रहेको भन्दै उहाँले राजनीतिक स्थिरताले मात्रै देशको विकास हुने बताउनुभयो । सत्ता र शक्तिको दाउमा लागेका दलहरुले राजनीतिक स्थिरता कायम हुन नसक्ने भएकाले दलहरु जनताप्रति बफादार हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेता भट्टराईले अहिले राजनीतिक दलका नेताले जनतालाई झुक्याउने काम गरेको आरोपसमेत लगाउनुभयो ।

अरुलाई गाली गर्दैमा राष्ट्रबाद नहुने भन्दै उहाँले दलका नेताहरुलाई देश र जनताको समस्या समाधानका लागि लागिपरेर समस्या समाधान गर्न आग्रहसमेत गर्नुभयो ।

सभालाई नयाँ शक्ति नेपालका सचिवालय सदस्य मुमाराम खनाल, करिश्मा मानन्धर, बलावति शर्मालगायतले सम्बोधन गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts