Tuesday, May 3, 2016

प्रम ओली थापाको प्रथम वार्षिकी समारोहमा सरिक

काठमाडौँ, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वप्रधानमन्त्री एवम् राप्रपाका संस्थापक सूर्यबहादुर थापाको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा थापा निवास मालिगाउँमा आज आयोजित कार्यक्रममा सहभागी हुनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता एवम् पूर्व प्रधानमन्त्री थापाका छोरा सुनिल थापाले आफ्ना दिवङ्गत पिताको वार्षिकीको कार्यको प्रसाद ग्रहणका लागि राजनीतिक दलका नेता तथा थापाको आफन्त र शुभेच्छुकलाई आमन्त्रण गर्नुभएको थियो ।

कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झा, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपाल, नेपालका लागि भारतीय राजदूत रणजित राय र नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताई, विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रसग आबद्ध महानुभाव सहभागी हुनुभयो ।

नेपाली राजनीतिक क्षेत्रका कुशल खेलाडीका रुपमा आफूलाई स्थापित गराउन सफल सू्र्यबहादुर थापाको आन्द्राको उपचार गर्ने क्रममा अघिल्लो वर्ष नयाँदिल्लीमा निधन भएको थियो । धनकुटाको मुगामा जन्मनुभएका थापाको ८९ वर्षको उमेरमा निधन भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts